arrow

टी–२० शृङ्खला

चौथो खेलमा नेपाल विजयी, मलेसियासँग दुई–दुईको बराबरी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २१ मंगलबार
t-20wemen-nepal.jpg

काठमाडौँ। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले टी–२० अन्तरराष्ट्रिय शृङ्खलाको चौथो खेलमा शानदार जित हासिल गरेको छ। मलेसियामा आज भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै पाँच खेलको शृङ्खलामा दुई–दुईको बराबरी गरेको हो।

मलेसियाले दिएको ११२ रनको लक्ष्य नेपालले १७.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो। नेपालको जितमा कप्तान इन्दु बर्माको महत्त्वपूर्ण भूमिका रह्यो, जसले ३९ बलमा ४८ रन बनाएर अविजित रहिन्। यस्तै, रुबिना क्षेत्रीले २३ बलमा २३ रन को योगदान दिइन्।

बलिङतर्फ मलेसियाका लागि नुर दानिया स्युहादा, आइना हमिजा र माहिरा इजातीले समान एक-एक विकेट लिए।

त्यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १११ रन बनाएको थियो। मलेसियाका लागि मास एलिसाले अविजित ५६ रन बनाइन् भने माहिराले १८ र नुर दानियाले १५ रनको योगदान दिए।

नेपालको बलिङतर्फ कविता कुँवरले सर्वाधिक ३ विकेट लिइन् भने पूजा महतो र कविता जोशीले समान एक-एक विकेट लिएका थिए।

योसँगै पाँच खेलको शृङ्खला निकै प्रतिस्पर्धात्मक मोडमा पुगेको छ। यसअघि नेपालले पहिलो खेल ३ रनले हारेको थियो, दोस्रो खेल ६ विकेटले जितेको थियो र तेस्रो खेल १३ रनले गुमाएको थियो। अब शृङ्खलाको निर्णायक तथा अन्तिम खेल भोलि हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ