arrow

मलेसियाविरुद्धको क्रिकेट श्रृंखला नेपाललाई 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २२ बुधबार
w-cric-nep-mal-2025.jpg

काठमाडौँ । नेपाली महिला क्रिकेट टिमले मलेसियाविरुद्धको टी–२० क्रिकेट श्रृंखला जितेको छ । 

बुधबार भएको पाँचौँ खेलमा ५ विकेटको जित हासिल गरेसँगै नेपालले श्रृंखला ३–२ ले जितेको हो । 

यसअघि २–२ को बराबरी भएको अवस्थामा बुधबार भएको अन्तिम खेलमा मलेसियाले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १०३ रन बनायो । 

बायुमास ओभलमा भएको खेलमा मलेसियाका लागि विनिफ्रेड दुराइसिंघमले ४० रन बनाइन् । नेपालका लागि राजमती ऐरीले ३ ओभरमा १५ रन खर्चेर ३ विकेट लिइन् । 

जवाफमा नेपालले १८ ओभरमै ५ विकेटको क्षतिमा जित हासिल गर्दै ५ विकेटको जित निकाल्यो । 

रुबी पोदारले २५ बलमा सर्वाधिक २६ रन बनाइन् । ऐरी प्लेयर अफ द म्याच भइन् । 

यसअघि पहिलो खेलमा मलेसिया ३ रनले विजयी भएको थियो भने दोस्रो खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो । 

तेस्रो खेल मलेसियाले १३ रनले जित्दा चौथो खेल नेपालले ६ विकेटले नै जित्यो । 

पाँचौँ खेल ५ विकेटले जितेसँगै नेपालले श्रृंखला ३–२ ले जितेको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ