एनआईसी एशिया बैङ्कका ग्राहकका लागि किरण आँखा अस्पतालमा उपचारमा १० प्रतिशतसम्म छुट
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २४ शुक्रबार
570
Shares
काठमाडौँ। एनआईसी एशिया बैङ्क लिमिटेड का ग्राहकहरूले अब वीरगन्जस्थित किरण आँखा अस्पतालमा आँखा उपचार गर्दा १० प्रतिशतसम्म छुट सुविधा पाउने भएका छन्।
यस सम्बन्धमा एनआईसी एशिया बैङ्क र किरण आँखा अस्पताल बीच विशेष सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ। सम्झौतापछि बैङ्कका ग्राहकहरूले वीरगन्जमा रहेको उक्त अस्पतालमा आँखा उपचारका क्रममा डिजिटल माध्यमबाट भुक्तानी गरेमा छुटको सुविधा प्राप्त गर्न सक्नेछन्।
बैङ्कका ग्राहकहरूले उक्त अस्पतालमा बाह्य बिरामी सेवा (ओपिडी), परीक्षण (डायग्नोस्टिक), शल्यक्रिया (सर्जरी) तथा ब्रान्डेड वा नन–ब्रान्डेड अप्टिकल (चस्मा) सेवा लिँदा छुटको सुविधा उपयोग गर्न सक्नेछन्।
यस छुट सुविधाको लाभ लिनका लागि ग्राहकहरूले एनआईसी एशिया बैङ्कको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गर्नुपर्नेछ, अथवा मोबाइल बैङ्किङ एप (मोबैङ्क) मार्फत भुक्तानी गर्न सकिनेछ।
बैङ्कका अनुसार, यस सहकार्यले ग्राहकहरूलाई आँखा उपचारमा आर्थिक सहुलियत प्रदान गर्नुका साथै डिजिटल भुक्तानी प्रवर्द्धन मार्फत मुलुकलाई नगदरहित कारोबार प्रणालीतर्फ अघि बढाउने उद्देश्य राखिएको छ।