टी-२० विश्वकप छनोट: सुपर सिक्समा आज नेपालले यूएईको सामना गर्दै
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २६ आइतबार
954
Shares
काठमाडौँ। आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्स चरणमा आज (आइतबार) नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) सँग प्रतिस्पर्धा गर्दै छ।
समूह 'बी' को अन्तिम खेलमा नेपालले शुक्रबार जापानमाथि ५ विकेटको जित हासिल गरेको थियो भने समूह चरणको पहिलो खेलमा कुवेतलाई ५८ रनले हराएको थियो।
सुपर सिक्सको पहिलो खेलमा आज अपरान्ह ४:१५ बजे नेपाल र यूएईले प्रतिस्पर्धा गर्न लागेका हुन्। सुपर सिक्समा नेपालले यूएईसँगै कतार, ओमान र सामाओ सँग प्रतिस्पर्धा गर्नेछ।