काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल डिस्चार्ज भएका छन् । स्वास्थ्योपचारपछि उनी मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरबाट आज डिस्चार्ज भएको पौडेलको सचिवालयले जनाएको छ ।
उनलाई जेन-जी समूहसँग वार्ता गरिरहँदा बान्ता आएपछि अस्पताल गएका थिए । जेन-जीसँगको वार्ता सोमबार दिउँसो हुने भएको छ ।