arrow

भारतविरुद्ध वेष्ट इन्डिजले जोगाउन सकेन फलोअन 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २६ आइतबार
ind-wi-test-25-10-11.jpg

काठमाडौँ । भारत विरुद्धको दोस्रो टेष्ट क्रिकेटमा पनि वेष्ट इन्डिजले कमजोर प्रदर्शन गरेको छ । दिल्लीमा भइरहेको खेलमा भारतले पहिले ब्याटिङ गर्दै ५ विकेटको क्षतिमा ५१८ रन बनाएर इनिङ्स समाप्तिको घोषणा गर्यो । 

यशस्वि जैसवालले १७५ तथा कप्तान शुुबमन गिलले अविजित रहँदै १२९ रन बनाए । जोमेल वारिकनले ३ विकेट लिए । 

जवाफमा वेष्ट इन्डिजले आइतबार तेस्रो दिन सबै विकेट गुमाएर २४८ रन बनाउन सक्यो । आइतबार ४ विकेटको क्षतिमा १४० रनबाट अगाडि खेलेको वेष्ट इन्डिजले  थप एक सय आठ रन जोडेर अलआउट भएको हो । 

एलिक एथानाजले ४१ तथा तागेनाराइन चन्द्रपलले ३४ रन बनाए । शाइ होप ३६ रनमा आउट भए । 

कुलदीप यादवले ५ तथा रविन्द्र जडेजाले ३  विकेट लिएका छन् । 

वेष्ट इन्डिज २७० रनले पछि परेको छ । फलोअन जोगाउन नसकेको टिमले पुनः ब्याटिङ थालेको छ । 

यसअघि पहिलो खेल भारतले एक इनिङ्स र १४० रनले जितेको थियो । वेष्ट इन्डिजले पहिलो ब्याटिङ गर्दै १६२ रन बनायो । जवाफमा भारतले पहिले ब्याटिङ गर्दै ५ विकेटको क्षतिमा ४४८ रन बनाएर इनिङ्स समाप्ति गरेको थियो । त्यसपछि आएको वेष्ट इन्डिजले १४६ रनमात्र बनाएको थियो । 

दोस्रो खेलमा भने वेष्ट इन्डिजले सुधारोन्मुख खेल खेलेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ