arrow

माधवनारायणका तत्कालीन अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २६ आइतबार
Akhtiyar-Durupayog-anusandhan-aayog.jpg.jpeg

रौतहट । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको माधवनारायण नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

माधवनारायण नगरपालिका वडा नं ३, देवी माध्यमिक विद्यालय सखुअर्वामा भवन निर्माण कार्यका लागि आर्थिक वर्ष २०७७/७८ मा आह्वान गरिएको सूचना राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेमा सो नगरी भ्रष्टाचार गरेको आयोगको ठहर छ ।

अख्तियारका अनुसार झुट्टा विवरणसहितको पत्रिका र झुट्टा बिल भरपाईलगायतका कागजातको आधारमा रौतहट एडभटाइजिङ्ग एजेन्सी प्रालिलाई रू. दुई लाख ५७ हजार नौ सय ७० रुपैयाँ भुक्तानी दिएको पाइएको छ । 

विद्यालय भवन निर्माणको ठेक्कासम्बन्धी सूचना लुकाएर झुट्टा बिलभरपाईका आधारमा भुक्तानी दिएको अभियोगमा अख्तियारले  प्रतिवादी बनाएर  सजायको मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

माधवनारायण नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रलब कायस्थ, माधवनारायण नगरपालिकाका तत्कालीन लेखापाल रामबलम प्रसाद यादव र रौतहट एडभटाइजिङ्ग एजेन्सी प्रालि.का सञ्चालक अजितकुमार कर्णले गैरकानूनी लाभ तथा नगरपालिकालाई हानि पुर्याउने बदनीयतले काम गरेको पुष्टि भएको अख्तियारको दावी छ । 

उनीहरूले बोलपत्र आह्वानको सूचना लुकाई छिपाई, सार्वजनिक वितरणका लागि प्रकाशन नै नगरी नगरपालिकाको ठेक्काको प्रयोजनार्थ अभिलेखमा राख्ने गरी  मात्र प्रकाशित गरिएको पाइएको अख्तियारले जारी गरेको बिज्ञाप्तिमा उल्लेख छ ।

प्रेस काउन्सिल नेपालबाट सो मितिका सूचनाहरूको ‘पीडीएफ अभिलेख’ नदेखिएको भनी प्राप्त भएबाट उक्त सूचना प्रकाशित नै नभएको पुष्टि भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ