arrow

टी–२० विश्वकप छनोटमा नेपालले १४० रन बनायो, यूएईको दोस्रो ओभरमै विकेट पतन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २६ आइतबार
nep-t20-wc-2025.JPG

काठमाडौँ । नेपालले आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोट क्रिकेट अन्तर्गत सुपर सिक्समा यूएईसँग खेलिरहेको छ । जितका लागि नेपालले यूएईलाई १४१ रनको सामान्य लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ६ विकेट गुमाउँदै १४० रन बनाएको हो। ओपनर आसिफ शेखले सर्वाधिक ५१ रन बनाए । ४७ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरे । उनको टी–२० मा यो नवौँ अर्धशतक हो।

पहिलो विकेटका लागि ५६ रनको साझोदारी गर्ने क्रममा अर्का ओपनर कुशल भुर्तेलले २६ बलमा २८ रन बनाए । कप्तान रोहितकुमार पौडेल २०, गुलसन झा १४ र कुशल मल्ल १० रनमा आउट भए । 

जवाफमा यूएई मैदानमा उत्रिइसकेको छ । यूएईले दोस्रो ओभरमै विकेट गुमाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ