काठमाडौँ। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत लिने भएका छन् ।
यही असोज २८ गते मङ्गलबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री सिंहले विश्वासको मत लिने कार्यक्रम दछ ।
आइतबार सूचना जारी गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्रानुसार नेपालको संविधानको धारा, १८८ को उपधारा (२) तथा प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १४३ को (४) बमोजिम मुख्यमन्त्री सिंहले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठक सञ्चालनको आह्वान गरिएको जनाएको प्रदेशसभा सचिवालयका सचिव वासुप्रसाद कोइरालाले जानकारी दिए ।