विश्वासको मत लिँदै मुख्यमन्त्री सिंह, गठबन्धन भित्रभित्रै फेरबदल
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २८ मंगलबार
955
Shares
जनकपुर। मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आज (मङ्गलबार) दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिँदै छन्। मुख्यमन्त्रीले विश्वासको मत लिन लागेसँगै मधेश प्रदेशको राजनीतिक माहोल निकै तातिएको छ। केन्द्रका नेताहरू पनि जनकपुरधाम आइपुगेका छन् भने केही नेताहरू आज आउने बताइएको छ।
मुख्यमन्त्री सिंहको सरकारलाई प्राप्त समर्थनमा ठूलो धक्का पुगेको छ। हिजो (सोमबार) मात्र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लियो। यसअघि नै नेकपा एमाले, नेपाली कांग्रेस र जनमत पार्टी ले पनि समर्थन फिर्ता लिइसकेका थिए।
यसअघि नेपाली कांग्रेस मधेश प्रदेशले आफ्नो नेतृत्वमा सरकार बनाउन एमाले र जनमतसहितको दाबी प्रदेश प्रमुख कार्यालयमा गरेको थियो। तर, हिजो जनमत पार्टी फुटेर अर्को पार्टी दर्ता भएसँगै कांग्रेसको समीकरण कमजोर बन्न सक्ने देखिएको छ। जनमत पार्टीका ६ जना सांसदहरूले मात्र जनमत छाडेमा कांग्रेसले सरकार बनाउने अवसर गुमाउन सक्ने अवस्था सिर्जना भएको छ।
यता, मधेशवादी दलहरू पनि प्रदेशको नेतृत्व चयनका लागि भित्रभित्रै तालमेल मिलाउने कार्य गरिरहेका छन्।