arrow

एनआईसी एशिया बैङ्कका ग्राहकहरूलाई मर्क्योर होटेलमा १५ प्रतिशतसम्म छुट

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २८ मंगलबार
nic-aisa-mercure-hotel-mou.jpg

काठमाडौँ। एनआईसी एशिया बैङ्कका ग्राहक हरुलाई काठमाडौँ, सुकेधारामा रहेको मर्क्योर होटेलमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा होटेल र बैङ्कबिच सम्झौता सम्पन्न भएको छ। यस समझदारीसँगै यस बैङ्कका ग्राहकहरूले उक्त होटेलमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने बैङ्कले जनाएको छ।

ग्राहकहरूले यस होटेलमा आवास सेवा लिँदा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नुहुनेछ भने खाना तथा पेय पदार्थमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सकिने छ।

यस सुविधाको उपयोग गर्न ग्राहकहरूले यस बैङ्कको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मो बैङ्क एप मार्फत भुक्तानी गर्नुपर्ने छ। उक्त होटेलसँगको यस सहकार्यले ग्राहकहरूलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैङ्कले विश्वास लिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ