arrow

फोहर पानी प्रशोधन केन्द्रको कागजात नियन्त्रण

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २९ बुधबार
Akhtiyar-Durupayog-anusandhan-aayog.jpg.jpeg

पर्सा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्ज महानगर मातहतको फोहर पानी प्रशोधन केन्द्रको कागजात अनुसन्धानका लागि लगेको छ ।

आयोगको टोलीले सहरी विकास मन्त्रालय र वीरगञ्ज महानगरको संयुक्त लगानीमा निर्माण गरिएको फोहर पानी प्रशोधन केन्द्रसँगसम्बन्धित उजुरी परेपछि आवश्यक कागजात अनुसन्धानका लागि लगेको हो ।

आयोगको कार्यालय हेटौँडाका सूचना अधिकारी विमोचन घिमिरेले आयोगको टोलीले सम्बन्धित कागजात लगेको बताए । ‘‘आयोगको टोलीले आवश्यक अनुसन्धानका लागि कागजात लगेको हो,’’ उनले भने ।

वीरगञ्ज महाननगर र सहरी विकास मन्त्रालयको संयुक्त लगानीमा करिब २७ करोड रुपैयाँमा यहाँ फोहर पानी प्रशोधन केन्द्र निर्माण गरिएको थियो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ