arrow

अन्तर्राष्ट्रिय पञ्चाङ्गद्वारा भाइटीकाको शुभ साइत सार्वजनिक

२०८२ को भाइटीकाको शुभ साइत: काठमाडौँमा बिहान ११:३९ बजे, विदेशमा ११ देखि १२ बजेसम्म

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३१ शुक्रबार
bhai-tika-tihar.jpg

काठमाडौँ। अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले २०८२ सालको तिहार (शुभ दीपावली) अन्तर्गत विभिन्न देशहरूका लागि भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ।

समितिका सभापति प्रा. डा. माधव भट्टराई र सदस्यसचिव आचार्य लक्ष्मण पन्थीद्वारा जारी विज्ञप्तिअनुसार नेपालको राजधानी काठमाडौँमा भाइटीकाको शुभ साइत कात्तिक ६ गते बिहान ११ः३९ बजे रहेको छ।

सभापति भट्टराईले जानकारी दिएअनुसार भारत, अमेरिका, युरोप, अष्ट्रेलिया, जापान, कोरिया, मलेसिया, युएई, कतारलगायत देशहरूमा स्थानीय समयअनुसार बिहान ११ः०० बजेदेखि १२ः०० बजेसम्म टीका लगाउने शुभ समय निर्धारण गरिएको छ।

समितिले उक्त साइतलाई सबैभन्दा उपयुक्त माने पनि आफ्नो स्थानअनुसार अनुकूल समयमा पनि टीका लगाउन सकिने सदस्यसचिव पन्थीले बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ