टी-२० विश्वकप छनोटको अन्तिम भिडन्त: अपराजित नेपाल उपाधिका लागि आज सामोआसँग भिड्दै
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३१ शुक्रबार
1.4k
Shares
काठमाडौं। टी–२० विश्वकप एसिया एन्ड इएपी छनोटको उपाधिका लागि आज (शुक्रबार) अपराजित नेपालले सामोआसँग प्रतिस्पर्धा गर्दैछ। ओमानमा जारी यो छनोट खेल अपराह्न सवा ४ बजे सुरु हुनेछ।
समूह चरणमा जापान र कतारलाई पराजित गर्दै नेपाल ८ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ। आजको खेल दुवै टोलीका लागि प्रतियोगिताको अन्तिम खेल हुनेछ। नेपालले आज सामोआलाई पराजित गर्न सकेमा ऊ छनोटको च्याम्पियन बन्नेछ।
यद्यपि, नेपाल, युएई (६ अंक) र ओमान (६ अंक) ले भने शीर्ष–३ मा स्थान बनाउँदै यसअघि नै टी–२० विश्वकपमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन्। ओमानले आज आफ्नो अन्तिम खेल जापानसँग बिहान ११ बजे खेल्दैछ।