arrow

उपाधि विजेता बन्दै विश्वकपको बाटोमा

सामोआविरुद्ध टस हारेको नेपाल म्याच जित्ने तरखरमा

नेपाल फराकिलो योगफलतर्फ, आसिफको आक्रामक ६९ रन 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३१ शुक्रबार
nepal-samoa-t20.jpg

काठमाडौँ । टी–२० विश्वकप छनोटको अन्तिम खेलमा नेपालले अहिले सामोआसँग खेलिरहेको छ । ओमानको मस्कटमा आयोजना भइरहेको एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सको अन्तिम खेलमा नेपालले सामोआसँग खेलिरहेको छ । 

नेपालले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ । नेपालले आक्रामक ब्याटिङ गरिरहेको छ । 

नेपाल जारी प्रतियोगितामै आफ्नो व्यक्तिगत उच्च योगफलतर्फ अगाडि बढेको छ । पहिलो विकेटका लागि ६३ रनको साझेदारी गर्ने क्रममा कुशल भुर्तेल १५ बलमा १७ रन बनाएर आउट भएका छन् । 

त्यस्तै दोस्रो विकेटका लागिसमेत ४७ रनको सोझेदारी थपेका अर्का ओपनर आसिफ शेख भने ४१ बलमा ६९ रन बनाएर आउट भएका छन् । 

त्यस्तै दिपेन्द्र सिंह ऐरीले पनि आक्रामक खेलिरहेका छन् । 

यो खेल जित्दा नेपाल उपाधिसहित विश्वकपमा पुग्नेछ । हारले नेपाल उपविजेता हुने सम्भावना हुनेछ । 

आज भएको पहिलो खेलमा ओमानले जापानमाथि सहज जित निकाल्दै ८ अंकसहित तालिकाको शीर्ष स्थानमा पुगेको छ । ओमानले जापानलाई ९ विकेटले हराएको हो । 

१०४ रनको सामान्य चुनौती ओमानले १७ ओभरमै १ विकेट गुमाएर पूरा गरेको हो । यो खेलमा ओमान पराजित भएको भएमात्र नेपाल सामोआसँग खेल्नुअघि नै विजेता हुने थियो । 

नेपालको पनि ८ अंक भए पनि जितले १० अंक हुनेछ भने हारले रनरेट कम हुने हुँदा ओमानभन्दा पछि पर्नेछ । 

यो खेल जित्दा नेपालले अपराजित रहँदै स्वतः शीर्ष स्थानमा रहेर उपाधि जित्नेछ । यो आफैँमा नेपालका लागि कीर्तिमान हुनेछ । 

सुपर सिक्समा रहेका छ मध्ये शीर्ष तीन टिमले आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकाको संयुक्त आयोजनामा हुने टी–२० विश्वकपमा भाग लिन पाउने छन् । 

नेपाल, ओमान र यूएई विश्वकपमा पुगिसकेका छन् । सबै खेल खेलेको कतार र जापान तथा एक खेल कम खेलेको र सामोआ बाहिरिइसकेका छन् । 

अहिले नेपाल र ओमानको ८–८ अंक छ भने यूएईको ६ अंक छ । कतारको ४ अंक छ भने जापानको २ तथा सामोआ अंकविहीन छ ।

नेपालले छनोटका यसअघिका सबै खेल जितेको छ । समूह चरणमा कुवेत र जापानलाई तथा सुपर सिक्समा यूएई, कतार र ओमानलाई हराएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ