arrow

भारत महिला विश्वकप क्रिकेटको सेमिफाइनलमा, बन्यो अन्तिम चारको समीकरण 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ७ शुक्रबार
odi-wc-ind-wo-25-10-23.jpg

नवी मुम्बई । आयोजक भारत महिला एक दिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ। बिहीबार राति राउन्ड(रोबिन खेलमा न्यूजिल्याण्डलाई ५३ रनले हराउँदै भारत सेमिफाइनलमा पुगेको हो । वर्षाले खेल प्रभावित हुँदा भारतले डक वर्थ लेविस डीएलएस अनुसार ५३ रनले हराएको हो । 

यससँगै भारत महिला नकआउट चरणमा पुग्ने चौथो र अन्तिम टोली बनेको छ । यसअघि अष्ट्रेलिया, इङ्गल्याण्ड र दक्षिण अफ्रिका सेमिफाइनलमा पुगिसकेका थिए । 

समूह चरणका एक एक खेल खेल्न बाँकी छँदा अष्ट्रेलियाको ११, दक्षिण अफ्रिकाको १० तथा इङल्याण्डको ९ अंक छ भने भारतको ६ अंक छ । शनिबार अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच भिडन्त हुनेछ । 

यो खेलको विजेतासँग सेमिफाइनलमा भारतको भिडन्त हुनेछ । त्यस्तै सो खेलमा पराजित हुने टिमले इङल्याण्डसँग खेल्नेछ । 

न्यूजिल्याण्डले नवी मुम्बईको डीवाई पाटिल स्टेडियममा टस जितेर बलिङ गर्ने निर्णय गरेसँगै भारतले ४९ ओभरमा घटाइएको खेलमा ३ विकेट गुमाएर ३४० रन बनायो । 

यो टोलीको विश्वकपको उत्कृष्ट स्कोर हो । प्रतिका रावलले १२२, स्मृति मन्धनाले १०९ र जेमिमा रोड्रिग्सले ७६ रन बनाए।

न्यूजिल्याण्डलाई डीएलएस विधि प्रयोग गर्दै ४४ ओभरमा ३२५ रनको लक्ष्य दिइएको थियो। ८ विकेट गुमाएर टोलीले २७१ रन मात्र बनाउन सक्यो।

क्रान्ति गौड र रेणुका ठाकुरले २–२ विकेट लिए। स्नेह राणा, श्री चरणी, दीप्ती शर्मा र प्रतिका रावलले १–१ विकेट लिए। 

१०९ रन तथा ३ क्याच गरेकी मन्धना प्लेयर अफ द म्याच भएकी छिन् । 

आठ टिम सहभागी विश्वकपमा न्यूजिल्याण्ड, श्रीलंका, बांगालादेश र पाकिस्तान बाहिरिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ