arrow

छठ पर्व

गुह्येश्वरी पुगेर राष्ट्रपति पौडेलले गरे अस्ताउँदो सूर्यलाई अर्घ्यदान [भिडियो]

घाटहरूमा भक्तजनको घुइँचो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १० सोमबार
arghdan-chhat-ramchandra.jpg

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले आज गुह्येश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना एवं अघ्र्यदान गरेका छन्।

देशका विभिन्न भागमा भव्यरूपमा मनाइने छठ पर्वका अवसरमा राष्ट्रपतिले प्रत्येक वर्ष गुह्येश्वरी र कमलपोखरीमा पूजा आराधना गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने परम्परा रहे पनि यस वर्ष भने गुह्येश्वरीमा मात्रै गएका हुन्।

प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वका अवसरमा आज अस्ताउँदो सूर्यको पूजा गरी अर्घ्य दिनका लागि राजधानीका छठ घाटहरू भव्य रूपमा सजाइएको थियो। 

गुह्येश्वरी–गौरीघाट, कमलपोखरी, थापाथली, कुपण्डोल, नख्खु खोला, विष्णुमती र वागमती नदी किनारलगायत काठमाडौं उपत्यकाका विभिन्न स्थानमा छठ घाट निर्माण गरी छठी माताको माटाको मूर्तिसहित पूजा आराधना गरिएको छ। छठ पर्व हेर्ने सर्वसाधारणको पनि छठ घाटमा उल्लेख्य भीड रहेको थियो।

आज बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिएका व्रतालुहरू मङ्गलबार बिहान सूर्य नउदाएसम्म छठ पूजास्थलमै जाग्राम बस्छन्। बिहान उदाउँदा सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिएपछि चार दिन लामो छठ पर्व सकिन्छ।

सूर्यपुराणलगायत ग्रन्थमा छठको व्रत बसेमा मनले चिताएको पूरा हुने उल्लेख छ। महाभारतकालमा द्रौपदीसहित पञ्चपाण्डवले सूर्यको पूजा आराधना गरी एक वर्षे अज्ञातवास सफल भएको उल्लेख गरिएअनुसार यसै विश्वासका आधारमा छठ पर्व मनाउने परम्परा शुरु भएको मानिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ