-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ। राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८१–८२ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरिएको छ।
राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित एक कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष हरिदत्त जोशीले सो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरेका हुन्।
नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०८१–८२ को आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ।