एसको केन्द्रीय कमिटी बैठक जारी, माओवादीसँगको एकतामा निर्णय लिने तयारी
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १४ शुक्रबार
1.1k
Shares
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज (शुक्रबार) पनि जारी रहेको छ। बुधबारदेखि काठमाडौँको सुकेधारामा बसिरहेको यो बैठक आज बिहान ११ बजे फेरि बस्दैछ।
आजको बैठकले नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता गर्ने वा नगर्ने भन्नेबारे अन्तिम निर्णय लिने अपेक्षा गरिएको छ। यद्यपि, पार्टीभित्र एकताको विषयमा भने नेताहरूबीच मतभेद कायम छ।
पार्टी अध्यक्ष माधव नेपालसहितका नेताहरू पार्टी एकता गरेर जानुपर्ने पक्षमा छन्। तर, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुषाल भने माओवादीसँग तत्काल पार्टी एकता गर्न नहुने पक्षमा उभिएका छन्।
आज बैठक सम्पन्न भएसँगै पार्टीको आधिकारिक धारणा सार्वजनिक हुनेछ।