भारतीय महिला टोलीले पहिलो पटक जित्यो एकदिवसीय विश्वकपको उपाधि
दीप्ति शर्माको ५ विकेट
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १७ सोमबार
922
Shares
काठमाडौं । भारतीय महिला क्रिकेट टोलीले इतिहास रच्दै पहिलो पटक महिला एकदिवसीय विश्वकपको उपाधि हात पारेको छ। फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ५२ रनले पराजित गर्दै ऐतिहासिक जित दर्ता गरेको हो।
भारतले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २९८ रनको चुनौतीपूर्ण योगफल बनाएको थियो। जवाफमा दक्षिण अफ्रिकाले राम्रो सुरुवात गरे पनि भारतीय बलरहरूको अनुशासित बलिङसामु टिक्न सकेन।
भारतकी दीप्ति शर्माले बलिङतर्फ उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिइन्, जसले जितमा मुख्य भूमिका खेल्यो र दक्षिण अफ्रिकाको मध्यक्रम धराशायी भएको थियो।
यो उपाधिसँगै भारतले महिला क्रिकेटमा नयाँ इतिहास रचेको छ। यसअघि भारत दुई पटक फाइनल पुगे पनि उपाधिबाट वञ्चित भएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल (ट्विटरमार्फत) टोलीलाई बधाई दिएका छन्।