राष्ट्रपति पौडेल कतारको शिखर सम्मेलनमा सहभागी भई आज स्वदेश फर्कदै
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २० बिहिबार
819
Shares
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा आयोजित ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी भएर आज (बिहीबार) अपराह्न स्वदेश फर्कदै छन्।
राष्ट्रपति पौडेलले गत मङ्गलबार उक्त सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गरेका थिए। राष्ट्रपति पौडेलले सम्मेलनका क्रममा आयोजित 'सामाजिक विकासका तीन स्तम्भको सुदृढीकरण : गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवं सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण' विषयक उच्चस्तरीय गोलमेच सम्मेलनलाई पनि सम्बोधन गरेका थिए।