arrow

भारतको अष्ट्रेलियामाथि फराकिलो जित, श्रृंखलामा अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २० बिहिबार
ind-t20-25-11-6.jpg
तस्बिर – गेट्टि इमेजेज ।

करारा । चौथो टी-२० क्रिकेटमा भारतले अस्ट्रेलियालाई ४८ रनले पराजित गरेको छ । अष्ट्रेलियाको करारामा भएको खेल भारतको अस्ट्रेलियामाथि दोस्रो ठूलो टी-२० जित हो । 

यसअघिको रेकर्ड ७३ रनको थियो, जुन भारतले सन् २०१४ मा मिरपुरमा बनाएको थियो । यो अस्ट्रेलियाविरुद्ध भारतको सबैभन्दा ठूलो घरेलु जित पनि हो। 
यसअघिको रेकर्ड ३७ रनको थियो, जुन भारतले सन् २०१६ मा एडिलेडमा बनाएको थियो।

चौथो टी-२० बिहीबार गोल्ड कोस्टमा खेलिएको थियो । १६८ रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलिया १८.२ ओभरमा ११९ रनमा अलआउट भयो । वाशिंगटन सुन्दरले ३ रन खर्चेर ३ विकेट लिए । अक्षर पटेल र शिवम दुबेले २-२ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ८ विकेट गुमाएर १६७ रन बनायो। शुबमन गिलले सर्वाधिक ४६ रन बनाए । उनले अभिषेक शर्मासँग ५६ रनको ओपनिङ साझेदारी गरे।

कप्तान सूर्यकुमार यादव २० र शिवम दुबे २२ रनमा आउट भए । अष्ट्रेलियाका नाथन एलिस र एडम जाम्पाले तीन-तीन विकेट लिए भने जेभियर बार्टलेट र मार्कस स्टोइनिसले एक-एक विकेट लिए ।

योसँगै भारतले पाँच खेलको श्रृंखलामा २-१ ले अग्रता लिएको छ । पहिलो खेल वर्षाले अवरुद्ध भएको थियो । 

पाँचौँ तथा निर्णायक खेल ब्रिसबेनमा हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ