arrow

व्यवस्थापिकाको स्वायत्ततामाथि हस्तक्षेप गरेको भन्दै संसदका पदाधिकारीले राष्ट्रपतिसमक्ष जनाए असन्तुष्टि

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २१ शुक्रबार
rastapati-karyalaya-.jpg

काठमाडौँ । संघीय संसद र प्रदेश सभाका पदाधिकारीहरूले सरकारले व्यवस्थापिकाको स्वायत्ततामाथि असर पर्नेगरी कानून संशोधन तथा निर्देशन दिएको भन्दै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष असन्तुष्टि जनाएका छन्।

शुक्रवार राष्ट्रपति पौडेलसँग शीतल निवासमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपाध्यक्ष विमला घिमिरे तथा प्रदेश सभामुखहरूले भेट गरेका थिए।

भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपसभामुख इन्दिरा रानाले विषम परिस्थितिमा कार्यपालिकाले प्रदेशलाई हानि हुने किसिमले कानून संशोधन गरेको भन्दै आपत्ति जनाइन्। उनले व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकाको आ-आफ्नै स्वायत्तता हुनुपर्नेमा प्रदेशको स्वायत्ततामा असर पर्ने किसिमले निर्देशन दिनु उचित नभएको धारणा राखिन्।

संसदका पदाधिकारीहरूले संघीय र प्रदेश संसदका सदस्य तथा पदाधिकारीको सचिवालय सदस्य संख्या कटौती र स्वकीय सचिवको सुविधा खारेज गर्ने सरकारको निर्णयप्रति पनि आपत्ति जनाएका छन्। उपसभामुख रानाले संसदको स्वायत्ततालाई असर हुने गरी नसोधी, छलफल नगरी आदेश दिने नभई छलफल गर्ने नीति हुनुपर्ने कुरा राष्ट्रपतिसमक्ष राखिएको जानकारी दिइन्। भेटमा निर्वाचन सम्पन्न गर्नको लागि उचित वातावरण बनाएर देशलाई निकास दिनुपर्ने विषयमा पनि छलफल भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ