arrow

नक्कली बिलबिजक बनाएर ठगी, सचेत रहन प्रहरीको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २५ मंगलबार
nepal-police12.jpg

वीरगञ्ज। पर्सा जिल्लामा विभिन्न प्रतिष्ठित व्यापारिक प्रतिष्ठानहरूको नक्कली बिलबिजक तयार पारी कारोबार गर्ने र सामान खरिद गरी ठगी गर्ने प्रवृत्ति बढेको पाइएको छ। यो जालसाजीबाट जोगिनका लागि जिल्ला प्रहरी कार्यालय पर्साले व्यापारीहरूलाई सचेत रहन अनुरोध गरेको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हरिबहादुर बस्नेतले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै नक्कली बिलबिजक प्रयोग गरी सिमेन्ट, छड, मदिरा, मोटर पार्टस लगायतका सामानहरू खरिद गरेर ठगी गर्ने घटनाहरू आइरहेको बताए। उहाँले व्यापारिक कारोबार गर्दा एकिन भएपश्चात् मात्र गर्न र आधिकारिकताबिनाका कुनै पनि सामान खरिद नगर्न अनुरोध गरे। अन्यथा प्रचलित कानुनबमोजिम कारबाही हुने व्यहोरासमेत उनले स्पष्ट पारे।

यसैगरी, वीरगञ्ज उद्योग वाणिज्य सङ्घले पनि आफ्ना सदस्यहरूलाई प्रतिष्ठित औद्योगिक घराना र व्यावसायिक प्रतिष्ठानहरूका नाममा सामान खरिद गर्न आउने खरिदकर्ताको आधिकारिकता राम्ररी नबुझी त्यस्तासँग व्यावसायिक कारोबार र लेनदेन नगर्न अनुरोध गरेको छ। सङ्घका अध्यक्ष हरिप्रसाद गौतमले ठगीबाट जोगिनका लागि खरिद गर्ने प्रतिष्ठानका आधिकारिक व्यक्तिसँग एकिन गरी मात्र कारोबार गर्न आग्रह गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ