काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका छन्।
मन्त्रिपरिषद्को यही कात्तिक २४ गतेको निर्णय एवं सिफारिसका आधारमा राष्ट्रपतिले नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम भण्डारीलाई आजैदेखि लागू हुनेगरी पदमुक्त गरेका हुन्।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सुवेदीलाई पदमुक्त गर्न सिफारिस गरेको थियो। राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा आज मंगलबार जारी विज्ञप्तिमा यो जानकारी दिइएको छ।