arrow

पितृमोक्षको कामनाका साथ छरियो शतबीज [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ३ बुधबार
shibalaya-82-8-3.jpg
तस्बिर– रासस र नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज पितृमोक्षको कामनाका साथ पाशुपत क्षेत्रमा शतबीज छरिएको छ । बाला चतुर्दशीसमेत भनिने आज विधिपूर्वक शिवालय परिसर पशुपति क्षेत्रको मृगस्थलीमा शतबीज छरे दिवङ्गत पितृले मोक्ष पाउने जनविश्वास छ ।

‘चर्तुवर्ग–चिन्तामणि’अनुसार धानका सय दाना छर्ने विधि भए पनि कतिपयले मकै, गहुँ, हलेदो, जौँ, कागुनोलगायत अन्न शतबीजका रूपमा छर्ने गरेका छन् ।

मार्गशीर्ष कृष्ण त्रयोदशीको राति दिवङ्गत पितृको सद्गतिको कामना गर्दै महादीपदान गरेर शतबीज छरी अन्न खानुपर्ने मान्यता  छ । पशुपति क्षेत्रको मृगस्थली, विश्वरुप, आर्यघाट, रुद्रगाडेश्वर, किरातेश्वर, गौरीघाट, गुह्येश्वरी, नवबुद्ध, बहिरो गणेशलगायत क्षेत्रमा शतबीज छर्नेको घुइँचो छ । 

आज पाशुपत क्षेत्रमा आउनेले वासुकी र गुह्येश्वरीमा पनि विशेष पूजा गर्ने प्रचलन छ ।

पाशुपत क्षेत्रका साथै काठमाडौँ उपत्यकाका गोकर्णेश्वर, डोलेश्वर, वसन्तपुरस्थित हनुमानढोका दरबार मक्खन महादेवस्थानमा पनि शतबीज छरिएको छ । 

त्यस्तै पशुपति बाहेकका शिवालयमा पनि मुलुकभर धुमधामले शतबीज छरिएको छ । 

satabij-82-8-3uuu (7).jpg
satabij-82-8-3uuu (8).jpg
satabij-82-8-3uuu (9).jpg
satabij-82-8-3uuu (10).jpg
satabij-82-8-3uuu (11).jpg
satabij-82-8-3uuu (12).jpg
satabij-82-8-3uuu (13).jpg
satabij-82-8-3uuu (14).jpg
satabij-82-8-3uuu (15).jpg
satabij-82-8-3uuu (16).jpg
satabij-82-8-3uuu (17).jpg
satabij-82-8-3uuu (18).jpg
satabij-82-8-3uuu (19).jpg
satabij-82-8-3uuu (20).jpg
satabij-82-8-3uuu (21).jpg
satabij-82-8-3uuu (22).jpg
satabij-82-8-3uuu (23).jpg
satabij-82-8-3uuu (24).jpg
satabij-82-8-3uuu (25).jpg
satabij-82-8-3uuu (26).jpg
satabij-82-8-3uuu (6).jpg
satabij-82-8-3uuu (5).jpg
satabij-82-8-3uuu (4).jpg
satabij-82-8-3uuu (27).jpg
satabij-82-8-3uuu (1).jpg
satabij-82-8-3uuu (2).jpg
satabij-82-8-3uuu (3).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ