-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । एसेज टेष्ट क्रिकेट श्रृंखलामा बलर हावी भएका छन् । पर्थमा भइरहेको खेलको पहिलो दिन १९ विकेट ढलेको छ भने मात्र २९५ रन बनेको छ ।
खेलमा पहिले ब्याटिङ गर्दै इङ्गल्याण्डले ३२.५ ओभरमात्र क्रिजमा टिकेर १७२ रन बनायो । ह्यारि ब्रोकले ५२, ओले पोपले ४६ तथा जेमाइ स्मिथले ३३ रन बनाए ।
अष्ट्रेलियाका लागि मिचेल स्टार्चले ५८ रन खर्चेर ७ विकेट लिए । त्यस्तै ब्रन्डन डग्गेटले २ तथा क्यामरुन ग्रीनले १ विकेट लिए ।
जवाफमा अष्ट्रेलियाले पहिलो दिनको समाप्तिसम्म ३९ ओभर खेल्दै ९ विकेटको क्षतिमा १२३ रनमात्र बनाएको छ ।
एलेक्स क्यारीले सर्वाधिक २६ रन बनाएको इनिङ्समा बेन स्टोक्सले ५ विकेट लिइसकेका छन् । त्यस्तै जोफ्रा आर्चर र ब्राइडन कार्सले समान २ विकेट लिएका छन् ।
अष्ट्रेलिया अझै ४९ रनले पछाडि छ ।