arrow

भारत विरुद्धको दोस्रो टेष्टमा दक्षिण अफ्रिकाको संयमित ब्याटिङ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ६ शनिबार
test-ind-sa-25-11-22vv.jpg

गुवाहाटी । भारत र दक्षिण अफ्रिकाबीचको दोस्रो टेष्ट क्रिकेट गुवाहाटीमा शुरू भएको छ । खेलमा दक्षिण अफ्रिकाले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । 

पहिलो दिनको समाप्तिसम्म दक्षिण अफ्रिकाले ८१.५ ओभर सम्भव भएको खेलमा ६ विकेटको क्षतिमा २४७ रन बनाइसकेको छ । 

ट्रिस्टन स्टब्सले ४९ रन बनाएको इनिङ्समा कप्तान टेम्बा बभुमाले द्धज्ञ रन बनाए । 

आइतबार दोस्रो दिन सेनुरन मुथुसामीले २५ तथा कायल भेरिन्नेले १ रनबाट अगाडि खेल्नेछन् । 

भारतका लागि कुलदीप यादवले ३ तथा जसप्रित बुमराह, मोहम्मद सिराज र रविन्द्र जडेजाले १–१ विकेट लिएका छन् । 

भारतको कप्तानी ऋषभ पन्तले गरिरहेका छन् । कप्तान शुबमन गिल पहिलो खेलका क्रममा घाइते भएसँगै पन्तले दोस्रो खेलमा कप्तानी सम्हालेका हुन् । 

गिलको स्थानमा नितिश रेड्डी आएका छन् । त्यस्तै अक्षर पटेलको स्थान साई सुदर्शनले लिएका छन् । 

गुवाहाटीमा पहिलो टेष्ट भइरहेको हो । दुवै कप्तानले प्रिम्याच सेरेमनिमा स्टेडियमको पोट्रेटमा हस्ताक्षर गरेका छन् । 

पहिलो टेष्ट दक्षिण अफ्रिकाले जितेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ