arrow

नेपाल प्रिमियर लिग

एनपीएलमा आज विश्राम, सोमबार जनकपुर र कर्णालीसहित चार टोली भिड्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ७ आइतबार
npl-tu-ground-.jpg

काठमाडौँ। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज आइतबार कुनै पनि खेल राखिएको छैन।

भोलि सोमबार भने त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दुई खेल हुँदैछन्। बिहान ११:४५ बजे हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुँदै छ। त्यसैगरी, दोस्रो खेल दिउँसो ४ बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच हुनेछ।

हालसम्मको अंकतालिका अनुसार, दुई-दुई खेल खेलेका सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स चार-चार अंकसहित पहिलो र दोस्रो स्थानमा छन्। तीन खेल खेलिसकेको काठमाडौँ गुर्खाज भने दुई अंक जोड्दै तेस्रो स्थानमा छ।

एनपीएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्स गरेर कुल आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ