arrow

प्रथम ब्लाइन्ड महिला टी-२० विश्वकप क्रिकेटः उपाधिका लागि नेपाल र भारत भिड्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ७ आइतबार
blind-cricket-team-women.jpg

काठमाडौँ । प्रथम ब्लाइन्ड महिला टी-२० विश्ववप क्रिकेटको उपाधिका लागि आज नेपालले बलियो प्रतिद्वन्दी भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

फाइनल खेल श्रीलंकाको कोलोम्बोस्थित पिसारा ओभल क्रिकेट ग्राउण्डमा हुनेछ ।

शनिबार भएको सेमिफाइनलमा पाकिस्तानलाई सात विकेटले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको थियो ।

सेमिफाइनलमा पाकिस्तानले दिएको एक सय ७१ रनको लक्ष्य नेपालले तीन विकेट गुमाएर पूरा गरेको हो ।

भारतले पहिलो सेमिफाइनलमा अष्ट्रेलियालाई पराजित गरेर फाइनल प्रवेश गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ