arrow

एनआईसी एशिया बैङ्कका ग्राहकलाई काइरोप्र्याक्टिक तथा म्यानुअल थेरापी केन्द्रमा १० प्रतिशत छुट

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ७ आइतबार
nic-asia-chiropractic-therapy-centre-nov-2025.jpg

काठमाडौँ।एनआईसी एशिया बैङ्क लिमिटेडका ग्राहकहरूले अब काइरोप्र्याक्टिक तथा म्यानुअल थेरापी केन्द्रमा उपचार सेवा लिँदा १० प्रतिशतसम्म विशेष छुट प्राप्त गर्ने भएका छन्। बैङ्क र थेरापी केन्द्रबीच हालै सम्पन्न भएको सहकार्य सम्झौतापछि उक्त सुविधा लागू भएको बैङ्कले जानकारी दिएको छ।

सम्झौता अनुसार बैङ्कका ग्राहकले बालुवाटार, त्रिपुरेश्वर (काठमाडौँ) तथा बुटवलमा रहेका थेरापी केन्द्रका शाखाहरूमा सेवा लिई डिजिटल माध्यमबाट भुक्तानी गर्दा छुट प्राप्त गर्न सक्नेछन्।

यस सुविधाको उपयोग गर्न ग्राहकहरूले यस बैङ्कको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मो बैङ्क एप मार्फत भुक्तानी गर्नुपर्ने छ।

एनआईसी एशिया बैङ्कले स्वास्थ्य सेवामा छुट सुविधा उपलब्ध गराउने यो सहकार्यले आफ्ना ग्राहकलाई गुणस्तरीय उपचारमा पहुँच सहज बनाउने, डिजिटल भुक्तानी सेवाको प्रयोग प्रोत्साहन गर्ने र मुलुकलाई क्यासलेस अर्थतन्त्र तर्फ उन्मुख बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ