arrow

विकासमा प्रतिस्पर्धा गर्न सके गाउँले काँचुली फेर्ने मुख्यमन्त्री कँडेलकाे दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ९ मंगलबार
sanni-treveni-gaunpalika.jpg

सुर्खेत । कालीकोटको सान्नीत्रिवेणी गाउँपालिकाले आफ्नै भवनबाट सेवा शुरू गरेको छ । पालिकाको प्रशासनिक भवन निर्माण कार्य सकिएसँगै मंगलबारदेखि नयाँ भवनबाट सेवा शुरू गरिएको हो । गाउँपालिकाको भवन निर्माणका लागि स्थानीयले आठ हजार वर्गमिटर जग्गा दान दिएका थिए ।

गाउँपालिकाको ४० प्रतिशत र संघीय सरकारको ६० प्रतिशत लागत साँझेदारी गरी सात करोड ८८ लाख ४४ हजार नौ सय ४८ मा भवन निर्माण भएकोे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर बडुवालले बताए । सभा हलसहित तीन तले भवनमा २२ कोठा छन् । 

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले भवन उद्घाटन गरेका छन् । भवन उद्घाटन गर्दै मुख्यमन्त्रीले नागरिकको सबैभन्दा नजिकको सरकार पूर्वाधार र जनशक्तिका हिसाबले पूर्ण हुन सकेमात्र नागरिकले प्रभावकारी सेवा पाउने बताए ।

गाउँको विकासका रागि सबै दल राजनीतिभन्दा माथि उठ्नुपर्ने उनको भनाइ छ ।

‘विकासमा प्रतिस्पर्धा गर्नसकेमात्र गाउँले काँचुली फेर्न सक्छन्’ उनले भने, ‘विकास रोक्नका लागि राजनीति होइन कि विकास गर्नका लागि प्रतिस्पर्धा गरौँ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ