arrow

नेपाल प्रिमियर लिग

सुदूरपश्चिमलाई लुम्बिनीले दियो १४४ रनको लक्ष्य

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ११ बिहिबार
npl-lumbini-82-8-9.jpg

काठमाडौँ। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आजको पहिलो खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई १४४ रनको लक्ष्य दिएको छ।

त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले १९.४ ओभरमा १४३ रन बनाउँदै अलआउट भयो। आजको खेलमा कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन र दिलिप नाथले ३१ रनको योगदान गरे। बलिङतर्फ सुदूरपश्चिमका अभिनाश बोहराले तीन, हर्मित सिंहले तीन र हेमन्त धामीले दुई विकेट झारे।

दिपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिमले टस जितेर बलिङ रोजेको थियो। यसअघिका तीनवटै खेल जितेर अपराजित रहेको सुदूरपश्चिम (६ अङ्कका साथ शीर्ष स्थानमा) लगातार चौथो जित निकालेर प्लेअफ नजिक पुग्ने योजनामा छ। यता, तीन खेलमा एक खेल मात्रै जितेको र छैटौँ स्थानमा रहेको लुम्बिनी आजको खेल जित्दै प्लेअफको सम्भावना जीवित राख्न तथा सुदूरपश्चिमको अपराजित यात्रामा रोक लगाउने लक्ष्यमा छ।

आजका लागि दुई खेल निर्धारण गरिएको छ। पहिलो खेल लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच भइरहेको छ भने आज अपराह्न ४:०० बजे हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ