arrow

नेपाल प्रिमियर लिग

एनपीएलमा विनोद भण्डारीको अर्धशतक, बने नवौँ खेलाडी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ११ बिहिबार
binod-bhandari-sudur.jpg

काठमाडौँ। सुदूरपश्चिम रोयल्सका ओपनर ब्याटर विनोद भण्डारीले नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सविरुद्धको खेलमा अर्धशतक हिर्काएका छन्। कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय खेल मैदानको खेलमा उनले ३७ बलमा तीन छक्का र चार चौकाको मद्दतमा अर्धशतक पूरा गरेका हुन्।

भण्डारीको यो सिजनमा पहिलो अर्धशतक हो। योसँगै जारी प्रतियोगितामा अर्धशतक हिर्काउने उनी नवौँ खेलाडी बनेका छन्। यसअघि चितवन राईनोजका रवी बोपराले तीन र पोखरा एभेन्जर्सका कुशल भुर्तेलले दुई अर्धशतक हिर्काएका छन्। 

बोपरा र भुर्तेलसँगै सुदूरपश्चिम रोयल्सका जोश ब्राउन र हरमित सिंह, विराटनगर किंग्सका ब्याटरद्वय लोकेश बम र मार्टिन गुप्टिल, कर्णाली याक्सका प्रियान्क पञ्चाल र जनकपुर बोल्ट्सका आशिफ शेख पनि अर्धशतक हिर्काउनेको सूचीमा छन्। जारी प्रतियोगितामा कर्णालीका मार्कवाट मात्रै शतक हिर्काउने खेलाडीको सूचीमा छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ