arrow

पाल प्रिमियर लिग

अन्तिम ओभरमा रन बटुल्न नसक्दा हार - रोहित पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ११ बिहिबार
rohit-poudel-npl.jpg

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्ससँग लगातार तेस्रो हार व्यहोरेपछि लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले अन्तिम पाँच ओभरमा रन बटुल्न नसक्नु खराब पक्ष रहेको बताएका छन्।

लगातार तेस्रो हारपछि कप्तान रोहितले अन्तिम ३० बलमा २८ रन मात्र जोड्न सक्नुले पनि खेलको मुमेन्टम (गति) बिग्रिएको बताए। उनले आजको खेलमा जसरी सुरूआत भएको थियो, त्यसअनुसार १७० देखि १८० रनसम्म बनाउनुपर्ने उल्लेख गरे। विदेश र घरेलु खेलाडीले जसरी खेल्नुपर्ने हो, त्यो हुन नसक्दा पनि खेलमा नराम्रो नतिजा आएको उनले बताए। यो लिगमा जित निकाल्न १-२ जना घरेलु खेलाडी पनि चल्नुपर्ने उनको भनाइ छ।

आजको खेलमा सन्दीप जोरालाई अन्तिम ओभरमा खेलाउने रणनीति पनि सफल नभएको उनले बताए। त्यसको श्रेय सुदूरपश्चिमको बलरलाई पनि जाने उनले उल्लेख गरे। खेलमा सुधार गर्नुपर्ने पक्ष धेरै रहेको उनले औँल्याए। तीन खेल हारे पनि अझै प्रतियोगितामा फर्कने अवसर रहेको रोहितको विश्वास छ। लिगमा शुरु गरेको जस्तो राम्रो प्रदर्शन जारी राख्न असफल भएको रोहितले उल्लेख गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ