arrow

जेन-जीको अभिभावक बन्ने प्रचण्डको धोको [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ११ बिहिबार
prachandaaa.jpg

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सक्रिय राजनीतिक गर्ने वातावरण बने पदमा रही रहनुपर्छ भन्ने मानसिकतामा आफूहरू नरहेको बताएका छन् ।

बिहीबार काठमाडौँमा आयोजित एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले उमेरको हिसाबले धेरैजसो नेताहरू उत्तराद्र्धमा रहेको बताए । तर राष्ट्रप्रतिको जिम्मेवारी, राष्ट्र जसरी भए पनि बचाउनुपर्छ, समाजवादको यात्रा जसरी पनि अघि बढाउनुपर्छ भन्नेकुरामा जेन-जी युवा भन्दा कम नरहेको उनले बताए ।

अन्तिम समयसम्म आफूहरू सक्रिय भूमिका निर्वाह गर्ने आकंक्षामा रहेको उनले बताए । जेन-जीलाई सही बाटोमा ल्याई समाजवादी क्रान्ति सम्पन्न गर्ने आफूहरूको चाहना रहेको बताए । 

उनले भने, ‘हुनतः हामी उमेरको हिसावले धेरैजसो नेताहरूले यहाँ अहिलेको उपस्थित छौँ । हामी उत्तराद्र्धतिर छौँ । तर राष्ट्रप्रतिको जिम्मेवारी, यो राष्ट्र जसरी भएपनि बचाउनुपर्छ, समाजवादको यात्रा जसरी पनि अगाडि बढाउनुपर्छ भन्नेकुरामा हामी कुनै जेन-जी युवा भन्दा कम पनि छैनौँ । अन्तिम समयसम्म हामी त्यो भूमिका पूरा गर्न चाहन्छौँ । जेन-जी युवाको असली अभिभावक बन्न चाहन्छौँ । उनीहरूलाई सही बाटोमा ल्याउने र त्यो तागतलाई जोडेर समाजवादी क्रान्ति सम्पन्न गर्न चाहन्छौँ । यसो भन्दै गर्दा पदमा बसिराख्न खोजे भन्ने होलान् । हामी पद भइराख्नुपर्छ भन्ने छैन । हामीलाई सक्रिय राजनीतिक गर्ने वातावरण बन्यो भने पद हाम्रो लागि ठूलो कुरा होइन ।’

संयोजक दाहालले आफूहरूको एकता एउटा आन्दोलन भएको बताए । आफूहरूको उद्देश्य निर्वाचनको वातावरण बनाउनु रहेको पनि बताए। नेपाली कम्युनिष्ट पार्टीले युवाहरूको आवाजलाई मुखरित गर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ