arrow

जनकपुरका कप्तान निराश, भने - ब्याटिङ चल्न नसक्दा हार्‍यौं

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १२ शुक्रबार
anil-saha-.jpg

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्ससँगको हारपछि जनकपुर बोल्ट्सका कप्तान अनिल साहले ब्याटिङ चल्न नसक्दा राम्रो नतिजा आउन नसकेको बताएका छन्।

लगातार तेस्रो हारपछि कप्तान साहले राम्रो सुरुआत नहुनु र ब्याटिङ चल्न नसक्दा हार बेहोर्नु परेको बताएका छन्। उनले विकेट ट्रिकी (अप्ठ्यारो) भएर ब्याटिङ गर्न सहज नरहेको बताएका छन्। उनले वाइने पर्नेलको ब्याटिङ र बलिङमा राम्रो हुनु  बिहीबारको खेलमा सकारात्मक पक्ष रहेको उल्लेख गरे। 

उनले कप्तानको रूपमा आफ्नो भूमिका निभाउने प्रयास गरे पनि राम्रो ब्याटिङ गर्न नसकिएको बताए र आफूबाट प्रदर्शन राम्रो नभएकाले अन्य खेलाडीलाई माथि पठाउने योजना पनि काम नगरेको उनको भनाइ छ। राम्रो साझेदारी बन्न नसक्दा टोलीले जित निकाल्न नसकेको उल्लेख गर्दै उनले अभैm चार खेल बाँकी रहेकाले तेस्रो र चौथो स्थानका लागि सकारात्मक रहेको बताएका छन्।

उता, पोखराका बलर विपिन खत्रीले मिडल अर्डर छिट्टै गए पनि राम्रो फिनिस गर्न सक्दा राम्रो योगफल जोड्न सकिएको बताएका छन्। पिचमा स्पिनरलाई मद्दत मिल्ने खालको रहेको र त्यहीअनुरूप आफूले बलिङ गर्दा विकेट निस्किएको उनले उल्लेख गरे। पहिलो दुई विकेट आएपछि विपक्षी टोली ब्याक फुटमा गएकाले त्यो विकेट महत्वपूर्ण रहेको उनी बताउँछन्। 

उनले  बिहीबार पहिलो जितको खोजीमा रहेकाले सफलता पाउँदा खुसी व्यक्त गरे र एउटा टिमका रूपमा सबैले खेल्दा पहिलो जित सम्भव भएको बताए। यो पिच ब्याटिङ गर्न सहज नभएकाले बोर्डमा बनेको रन भट्टाउन सहज नरहेको उनको धारणा रह्यो। पछि ब्याटिङ गर्दा डट बलमा दबाब बनाउन सकिने विश्वाससहित पोखराले पहिले ब्याटिङ गर्ने निर्णय गरेको उनले उल्लेख गरे र सोहीअनुरूप नतिजा पनि आएको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ