arrow

एनपीएल : काठमाडौँले दियो चितवनलाई १४३ रनको लक्ष्य

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १२ शुक्रबार
chitwan-ktm.jpg

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पहिलो खेलमा काठमाडौँ गोर्खाजले चितवन राइनोजलाई १४३ रनको लक्ष्य दिएको छ । 

शुक्रबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौँ १४२ रन जोडेको हो ।

चितवनले काठमाडौंलाई १९.४ ओभरको खेलमा नै अलआउट गरेको थियो । चितनका कमलसिंह ऐरीले अन्तिम विकेट लिएका थिए । 

चार खेल खेलिसकेको काठमाडौँ र तीन खेल खेलेको चितवनको समान चार अंक छ भने अंक तालिकामा चितवन तेस्रो स्थानमा र काठमाडौं चौथो स्थानमा छ।

चितवन टिमको नेतृत्व कुशल मल्लको सम्हालेका छन् भने काठमाडौँका कप्तान करण केसीले सम्हालेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ