arrow

चार महिनामा १६ हजार पर्यटक मनाङमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १३ शनिबार
manang-gau.jpg

मनाङ । चालु आर्थिक वर्षको प्रथम चार महिनामा १६ हजार दुई सय ९६ पर्यटकले मनाङ भ्रमण गरेका छन् । 

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालयका प्रमुख ढकबहादुर भुजेलका अनुसार उक्त अवधिमा एक सय सात देशका नागरिकले मनाङ भ्रमण गरेका हुन् । 

मनाङ आएका  पर्यटकमध्ये सार्क राष्ट्रका आठ सय १२ पुरुष र एक सय ७७ महिला तथा अन्य मुलुकका पर्यटकमध्ये नौ हजार छ सय ९५ पुरुष, छ हजार छ सय एक महिला हुन् । 

इजरायलका एक हजार नाै सय १०, फ्रान्सका एक हजार तीन सय ९२ र जर्मनीका एक हजार दुई सय आठ नागरिकले मनाङ भ्रमण गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ