arrow

एनआईसी एशिया बैङ्कका ग्राहकलाई दृष्टि आँखा उपचार केन्द्रमा २० प्रतिशतसम्म छुट

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १६ मंगलबार
nic-asia-bank-red-always.jpg
तस्बिर : फाइल

काठमाडौं। एन आई सी एशिया बैङ्क र काठमाडौँस्थित दृष्टि आँखा उपचार केन्द्र (दृष्टि आई केयर सिस्टम) बीच बैङ्कका ग्राहकहरूलाई उपचारमा विशेष छुट दिने सम्बन्धमा सम्झौता भएको छ।

उक्त सम्झौता अनुसार बैङ्कका ग्राहकहरूले अस्पतालका विभिन्न सेवाहरू लिए वापतको रकम विद्युतीय माध्यमबाट भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।

छुट सम्बन्धी विवरणहरू:

  • अस्पतालमा आँखा, नाक, कान तथा घाँटी सम्बन्धी उपचार गराउँदा देहाय बमोजिमको छुट सुविधा उपलब्ध:
  • नाक, कान, घाँटी तथा सामान्य सेवातर्फ:
  • बहिरङ्ग विभाग (ओपिडी) सेवामा: २० प्रतिशत
  • स्वास्थ्य परीक्षण तथा जाँचमा: १० प्रतिशत

आँखा उपचारतर्फ:

  • सामान्य बहिरङ्ग सेवामा: २० प्रतिशत
  • प्रयोगशाला सेवामा: १० प्रतिशत
  • चस्मा तथा आँखा सम्बन्धी सामग्रीमा: ७.५ प्रतिशत

शल्यक्रिया शुल्क, शल्यक्रिया प्याकेज तथा परीक्षणमा: ५ प्रतिशत
सुविधा कसरी लिने? यो छुट सुविधा लिनका लागि ग्राहकहरूले बैङ्कको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गर्नुपर्नेछ। साथै, बैङ्कको मोबाइल बैङ्किङ एप प्रयोग गरी भुक्तानी गर्दा पनि यो सुविधा प्राप्त गर्न सकिनेछ।

अस्पतालसँगको यस सहकार्यले ग्राहकहरूलाई स्वास्थ्य उपचारमा आर्थिक सहुलियत मिल्ने बैङ्कले जनाएको छ। साथै, यसले मुलुकको विद्युतीय भुक्तानी सेवालाई प्रोत्साहन गर्दै नगदरहित कारोबारमा टेवा पुग्ने विश्वास बैङ्कले लिएको छ।

लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ