अन्य प्रदेशहरूमा पनि एमाले बाहेकको समीकरण बन्छः प्रचण्ड [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २० शनिबार
861
Shares
काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले एमाले बाहेकको समीकरण अन्य प्रदेशहरूमा पनि बनाउनुपर्ने बताएका छन्।
शनिबार जनकपुरधाममा सम्पन्न एकता सभालाई सम्बोधन गर्दै उनले मधेस प्रदेशमा नेपाली काँग्रेस, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) तथा मधेस केन्द्रित दलहरूबीच समीकरण बनेर नयाँ सत्ता समीकरण बनेको उल्लेख गरे। उनले अब यस्तै समीकरणको शुरुवात अन्य प्रदेशहरूमा पनि बन्ने विश्वास व्यक्त गरे।
दाहालले कम्युनिष्टहरूबीचको एकता प्रक्रियालाई जारी राख्ने बताउँदै एमालेमा आबद्ध नेताहरूलाई समेत एकतामा सामेल हुन आह्वान गरे।
उनले भने, "यो एकता प्रक्रिया नेकपा माले, मसाल हुँदादेखिको योजना रहेको र अहिले पनि एमाले पार्टीमा रहेका देशभक्त कम्युनिष्टहरूलाई नेकपामा शामिल हुन आह्वान गर्न चाहन्छु।"
उनले शक्तिशाली नेपाली कम्युनिष्ट पार्टीले नै मुलुकलाई समृद्ध बनाउने दाबी गरे। नेपाली कम्युनिष्ट पार्टीले जनकपुरधाममा एकताको सन्देशसभा सम्पन्न गरेको हो।