एनपीएलमा आज विश्राम, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २२ सोमबार
872
Shares
काठमाडौँ । यहाँ जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज (सोमबार) विश्राम दिन राखिएकोले कुनै पनि खेलहरू हुने छैनन्। लिग चरणका खेलहरू सकिएपछि मैदान व्यवस्थापनका लागि आजको दिन विश्रामको रूपमा छुट्याइएको हो।
प्रतियोगिता अन्तर्गत भोलि (मङ्गलबार) पहिलो क्वालिफायर खेल हुनेछ।
त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा अपरान्ह ४ बजे हुने यस खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङस प्रतिस्पर्धा गर्नेछन्। सुदूरपश्चिम लिग चरणको अङ्क तालिकामा शीर्ष स्थानमा र विराटनगर दोस्रो स्थानमा पुगेर पहिलो क्वालिफायर खेल्ने पक्का गरेका हुन्।
सुदूरपश्चिमले लिग चरणका सात खेलमध्ये छ वटा जितेको थियो भने विराटनगरले सातमध्ये पाँच खेल जितेको थियो। सुदूरपश्चिमले लिग चरणमा विराटनगरसँग मात्रै पराजय भोग्नुपरेको थियो, जबकि विराटनगर भने चितवन र लुम्बिनीसँग पनि पराजित भएको थियो।