arrow

नेपाल प्रिमियर लिग

फाइनल प्रवेशका लागि आज सुदूरपश्चिम र विराटनगरबीच पहिलो क्वालिफायर

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २३ मंगलबार
npl-2082-sudur-biratnagar (6).jpg

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी-ट्वान्टी क्रिकेटमा आज पहिलो क्वालिफायर खेल हुँदैछ।

त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा आज अपराह्न ४ बजे हुने यस प्रतिस्पर्धामा लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेका सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स भिड्नेछन्।

लिग तालिकामा सुदूरपश्चिम (सातमध्ये ६ जित) शीर्ष स्थानमा र विराटनगर (सातमध्ये ५ जित) दोस्रो स्थानमा रहेर क्वालिफायर खेल्न पक्का गरेका हुन्। लिग चरणमा सुदूरपश्चिमले विराटनगरसँग मात्रै पराजय भोगेको थियो भने विराटनगर चितवन र लुम्बिनीसँग पराजित भएको थियो।

आजको खेलको विजेता टोली सिधैँ एनपीएलको फाइनलमा प्रवेश गर्नेछ। पराजित हुने टोलीले भने फाइनल प्रवेशका लागि अर्को अवसरस्वरूप इलिमिनेटर खेल खेल्ने मौका पाउनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ