arrow

ब्याटिङ नचल्दा पराजित भयौँः विराटनगर, यसपल्ट उपाधि सुदूरपश्चिमले जित्छ : कुगेलेइन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २४ बुधबार
npl-sudurpachhim-final-enter.jpg

काठमाडौँ। राजधानीमा जारी दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स फाइनलमा प्रवेश गरेको छ।

मंगलबार सम्पन्न पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिमले विराटनगर किङ्ग्सलाई ७७ रनले फराकिलो अन्तरले पराजित गर्दै लगातार दोस्रो सिजन पनि उपाधि नजिक पुगेको हो। पहिलो क्वालिफायरमा पराजित भए पनि विराटनगर किङ्ग्सले भने अब दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ।

मंगलबारको खेलपछि विराटनगरका निर्देशक दीपेन्द्र चौधरीले पराजयको मुख्य कारण ब्याटिङ नचल्नु रहेको बताए। उनले भने, "ब्याटिङमा हामी चल्न सकेनौँ, त्यसको नतिजा सुदूरपश्चिमको पक्षमा पऱ्यो। अस्ती हाम्रो दिन थियो, मंगलबार सुदूरको दिन रह्यो।" उनले मंगलबारको खेलमा भएका कमीकमजोरी सुधार गरेर अर्को खेलमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे।

यता सुदूरपश्चिमका विदेशी खेलाडी स्कट कुगेलेइनले भने यसपटकको उपाधि आफूहरूले जित्नेमा आत्मविश्वास व्यक्त गरे। उनले भने, "लगातार दोस्रो पटक फाइनल पुगे पनि यसपल्ट उपाधि सुदूरपश्चिमले जित्ने हो।"



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ