क्रिकेट संघलाई मात लाग्यो, रिसाए दर्शक, खाली भए सिट [तस्बिर]
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २५ बिहिबार
1k
Shares
काठमाडौँ । कीर्तिपुर अन्तर्राष्ट्रिय मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटमा नेपाल क्रिकेट संघको गैरजिम्मेवारीका कारण दर्शक घटेका छन् ।
दोस्रो क्वालिफायर खेलमा आज बिना जानकारी साधारण जोनलाई भीआईपी जोन बताएर टिकट शुल्क दोब्बर पारेपछि दर्शक रिसाएका हुन् ।
एक हजार रुपैयाँमा दिँदै आएको टिकट दुई हजार पुर्याएपछि एनसेल जोन र रेडबुल जोन लगभग खाली भएका हुन् ।
दर्शकले क्रिकेटलाई भुइँमा बस्दासमेत माया गर्दै आएका छन् । खुशी मनाएका छन् । दशकौँपछि सिटमा बस्न पाएका दर्शकलाई क्यानले चिँढ्याउने काम गरेपछि दर्शक टिकट नकाटी फर्केका हुन् ।