पाँच देशका नवनियुक्त राजदूतहरूले पेस गरे ओहोदाको प्रमाणपत्र
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २५ बिहिबार
780
Shares
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त पाँच देशका राजदूतहरूले आज आआफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।
राष्ट्रपति भवनमा आज आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उहाँहरूले ओहोदाको प्रमाणपत्र पेस गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ। नेपालका लागि ओहोदाको प्रमाणपत्र बुझाउने राजदूतहरूमा उज्वेकिस्तानका सर्दोर मिर्जायुसुपोभिच रुस्तामबायेभ, रोमानियाकी सेना लतिफ, ताजिकिस्तानका लुक्मोर बोबोकालोन्जोदा, आइसल्याण्डका बेनेडिक्ट हेओस्कुल्द्सन र क्युवाका हुवान कार्लोस मार्सान अगुइलेरा रहेका छन्।
उक्त समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो। नवनियुक्त राजदूतहरूलाई लाजिम्पाटदेखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो।