arrow

बीपी उद्यान क्षेत्रमा चल्यो डोजर

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २८ आइतबार
birganj-dojar-chalyo.jpg

पर्सा । पर्साको वीरगञ्जस्थित बीपी उद्यान क्षेत्रमा रहेको अस्थायी संरचनाहरूमा महानगरपालिकाले डोजर चलाएको छ ।

वीरगञ्ज महानगरपालिकाले आइतबार बिहानै वीरगञ्जको घण्टाघर नजिक रहेको सो क्षेत्रमा डोजर प्रयोग गरी खाली गराउने कार्य शुरू गरेको हो ।

महानगर प्रमुख राजेशमान सिंहको नेतृत्वमा नगर र सशस्त्र प्रहरीको सहयोगमा खाली गराउने कार्य भएको स्थानीयले बताएका छन् ।

बीपी उद्यान खाली गराइएसँगै स्थानीयवासीले सार्वजनिक स्थल संरक्षणमा महानगरपालिकाले गरेको कार्य सकारात्मक रहेको प्रतिक्रिया दिए ।

वीरगञ्ज महानगरपालिका प्रमुख सिंहले सार्वजनिक स्थलको संरक्षण र शहरलाई व्यवस्थित बनाउने योजना अनुसार डोजर चलाएको बताए ।

यो स्थानमा ट्राफिक जाम, फोहरमैलालगायत अन्य समस्या हुँदै आएकाले व्यवस्थापन गरिन लागेको उनको भनाइ छ ।

महानगरपालिकाले छपकैयास्थित रेल्वे रोड छेउमा करिब ७० लाख रुपैयाँको लागतमा २८ सटरसहित नयाँ सुविधा सम्पन्न थोक तरकारी तथा फलफूल बजार सञ्चालनमा ल्याएको छ ।

बीपी उद्यानका व्यवसायीहरूलाई नयाँ बजारमा स्थानान्तरण गर्ने योजना पनि यसमा समेटिएको महानगरपालिकाले जनाएको छ ।

यद्यपि, बीपी उद्यान क्षेत्रमा रहेका तरकारी तथा फलफूल व्यवसायीहरू आक्रोशित बनेका छन् ।

उनीहरूले घण्टाघरमा भेला भई आफ्नो दैनिक आम्दानीको स्रोत गुमेको भन्दै महानगरको कार्यशैलीप्रति आपत्ति जनाएका छन ।

महानगरपालिकाका अनुसार हालसम्म कुनै अप्रिय घटना नघटेको र स्थिति पूर्णरूपमा नियन्त्रणमा रहेको पनि जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ