arrow

पाकिस्तान बन्यो यू-१९ एसिया कप च्याम्पियन

भारतमाथि १९१ रनको ऐतिहासिक जित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ७ सोमबार
u-19-pakistan.jpg

काठमाडौँ | पाकिस्तानले भारतलाई भारी अन्तरले हराउँदै एसीसी यू-१९ एसिया कपको उपाधि आफ्नो पोल्टामा पारेको छ। दुबईमा आइतबार भएको  एकतर्फी फाइनल भिडन्तमा चिरपरिचित प्रतिद्वन्द्वी भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन बनेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानका लागि ओपनर समिर मिनासले अविश्वसनीय प्रदर्शन गरे । उनले मात्र १ सय १३ बलमा १ सय ७२ रनको विष्फोटक शतकीय इनिङ्स खेलेपछि पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रनको विशाल योगफल खडा गर्‍यो।

समिरलाई अहमद हुसैनले ५६ रन बनाउँदै बलियो साथ दिए। यी दुई ब्याटरबीच तेस्रो विकेटका लागि १ सय ३७ रनको महत्वपूर्ण साझेदारी भएको थियो।

भारतको ब्याटिङ ध्वस्त ३ सय ४८ रनको विशाल लक्ष्य पछ्याएको भारतले आक्रामक सुरुवात त गर्‍यो तर त्यसलाई टिकाउन सकेन। पाँचौँ ओभरमै ५० रन पुर्‍याएको भारतका लागि ओपनर वैभव सूर्यवंशी १० बलमा २६ रन बनाएर आउट भएपछि विकेट झर्ने क्रम रोकिएन।

पावरप्ले (पहिलो १० ओभर) को अन्त्यसम्म पुग्दा भारतले ५ विकेट गुमाएर ६८ रन मात्र बनाउन सक्यो र पूरै खेलमा दबाबमा पर्‍यो। अन्ततः ठूलो अन्तरको हार बेहोर्दै भारत उपविजेतामा सीमित भयो

नेपाल भने समूह चरणबाटै बाहिरिएको थियो । नेपाल बंगलादेश, श्रीलंका र अफगानिस्तानसँग पराजित भएको थियो । नेपालले पूरै ओभरसमेत क्रिजमा टिक्न सकेको थिएन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ