इसेवाबाट सबै प्रकारका बीमा योजना खरिद अब झन् सहज र लाभदायक
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ७ सोमबार
794
Shares
काठमाडौँ। डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले बीमा योजना खरिदलाई अझ सहज बनाउँदै विशेष अफर सार्वजनिक गरेको छ। यस अफर अन्तर्गत इसेवाका प्रयोगकर्ताहरूले इसेवाबाट बिमा योजना खरिद गर्दा स्मार्ट वाच तथा स्मार्ट टिभी जित्न सक्ने छन्।
यो अफर पौष १ गतेदेखि पौष ३० गतेसम्म सञ्चालन हुने इसेवाले जनाएको छ। यस अवधिमा इसेवा एपमार्फत जीवन बिमा, स्वास्थ्य बिमा, गैर जीवन बिमा, व्यवसाय तथा मोटर बीमा योजना खरिद र ब्लूबुक नवीकरण गर्ने प्रयोगकर्ता स्वतः पुरस्कार योजनामा सहभागी हुन सक्ने छन्। इसेवा एपमार्फत यी बीमा योजनाहरू घरमै बसी बसी केही क्लिकमै खरिद गर्न सकिने छ।
यो अफर अन्तर्गत हरेक हप्ता इसेवामार्फत बीमा खरिद गर्ने एक जना भाग्यशाली प्रयोगकर्ताले स्मार्टवाच जित्ने अवसर पाउने छन् भने अफर अवधि समाप्त भएपछि एक जना विजेतालाई स्मार्ट टिभी प्रदान गरिने छ। विजेताको छनौट लक्की ड्रमार्फत गरिने छ।
डिजिटल प्रक्रिया र विश्वासिला बीमा साझेदारमार्फत बीमा योजना खरिदलाई छिटो, सुरक्षित र झन्झटमुक्त बनाएको इसेवाले जनाएको छ। यस अफर मार्फत इसेवाले प्रयोगकर्तालाई डिजिटल रूपमा बीमा योजना खरिद गर्न प्रोत्साहन गर्नुका साथै प्रयोगकर्ताको आर्थिक सुरक्षा सुनिश्चित गर्ने लक्ष्य लिएको छ।