एनआईसी एशिया बैङ्कको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त, गभर्नरसमक्ष लिए शपथ
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १० बिहिबार
643
Shares
काठमाडौँ। एनआईसी एशिया बैङ्कको सञ्चालक समितिको अध्यक्षमा प्रतिष्ठित बैङ्कर तथा व्यवसायी अशोक कुमार अग्रवाल नियुक्त भएका छन्।
बैङ्क सञ्चालक समितिको मिति २०८२/०९/०९ मा बसेको ७४४ औँ बैठकले अग्रवाललाई सर्वसम्मत रूपमा बैङ्कको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो। उक्त निर्णय आजकै मितिदेखि लागू हुने बैङ्कले जनाएको छ।
गभर्नरबाट शपथ ग्रहण नवनियुक्त अध्यक्ष अग्रवालले आजै एक समारोहका बीच नेपाल राष्ट्र बैङ्कका गभर्नर प्राडा विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन्।
लामो अनुभव र नेतृत्व अध्यक्ष पदमा नियुक्त अग्रवालसँग नेपालको बैङ्किङ, वित्तीय क्षेत्र, बीमा तथा कर्पोरेट क्षेत्रमा लामो र सफल अनुभव रहेको छ। उनले विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै मुलुकको आर्थिक विकासमा विशेष योगदान पुर्याएका छन्।
बैङ्कले जारी गरेको विज्ञप्ति अनुसार, उनको उच्च नेतृत्वदायी क्षमता, दूर दृष्टि र स्पष्ट रणनीतिक योजनाले बैङ्कलाई थप उचाइमा पुर्याउने विश्वास लिइएको छ। "दीर्घकालीन योजनामा विश्वास राख्ने उहाँको कार्यकालमा बैङ्कले महत्त्वपूर्ण उपलब्धि हासिल गर्नुका साथै प्रतिष्ठाको नयाँ शिखर चुम्नेमा बैङ्क विश्वस्त छ," बैङ्कद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।